Logo

सामान्य घट्यो नेप्से, २१ करोडको कारोवार

सामान्य घट्यो नेप्से, २१ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२८ असार,काठमाडौं । साताको दोश्रो दिन सोमबार ० दशमलव ९६ अंकले घटेको छ । सो दिन ९ सय ४४ अंकमा झरेर बजार भन्द भएको छ ।

आइतवार  नेप्से १ अंकले बढेको थियो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ९ दशमलव २९ अंकले घटेको छ । त्यस्तै जलविद्युतको ६ दशमलव ७४, होटल समुहको ५ दशमलव ८३,विकास बैंकको १ दशमलव ३२ र बैंकिङ समुहको ० दशमलव ७५ अंकले घटेको छ ।

यता फाइनान्स, उत्पादन तथा अन्य समुहको परिसुचक भने ० दशमलव ०३,२ दशमलव ७९ र १ दशमलव १७ अंकले ओरालो लागेको छ । सो दिन कारोबारमा आएका १ सय ४३ कम्पनीका ५ लाख २७ हजार कित्ता सेयर किनबेचबाट  २१ करोड ३० लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL