Logo

साढे १ अंकले बढ्यो नेप्से, २६ करोडको कारोवार

साढे १ अंकले बढ्यो नेप्से, २६ करोडको कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२७ असार,काठमाडौं । साताको पहिलो दिन आइतवार सेयर बजार १ दशमलव ५३ अंकले बढेको छ । सो दिन ९ सय ४४ दशमलव ९६ अंकमा पुगेर बजार बन्द भएको छ ।

सो दिन कारोबारमा आएकामध्ये उत्पादन समुहको परिसुचक सवैभन्दा बढी १५ दशमलव ७८ अंकले बढेको छ ।

त्यस्तै जलविद्युतको १४ दशमलव ४६, विकास बैंकको १० दशमलव ०४,बीमाको ३ दशमलव १५ र फाइनान्सको ० दशमलव ७ अंकले बढेको छ । यता होटल,बैंकिङ तथा ट्रेडिङ समुहको सूचक भने क्रमशः १९ दशमलव ५८,३ दशमलव ६८ र ० दशमलव ३७ अंकले ओरालो लागेको छ ।

१ सय १८ कम्पनीको ३ लाख ९४ हजार कित्ता सेयरबाट २६ करोड १० लाख रुपैयाँ बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL