Logo

करिव २ अंकले बढ्यो नेप्से, २१ करोडको कारोवार

करिव २ अंकले बढ्यो नेप्से, २१ करोडको कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२३ असार,काठमाडौं । बुधवार सेयर बजार करिव २ अंकले उकालो लागेको छ । सो दिन परिसुचक १ दशमलव ८० अंकले बढेको हो । ९ सय ४३ दशमलव १६ अंकमा पुगेर बजार बन्द भएको छ ।

बुधवार कारोवारमा आएकामध्ये जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी २२ दशमलव १८ अंकले बढेको छ । त्यस्तै बीकाको ९ दशमलव ३४, उत्पादन समुहको ७ दशमलव ३२, होटलतर्फ ६ दशमलव ३४ र विकास बैंकको परिसुचक ५ दशमलव ३ अंकले बढेको छ ।

यता अन्य र फाइनान्स समूहको परिसूचक भने क्रमशः २ दशमलव ३५ र ० दशमलव ३३ अंकले ओरालो लागेको छ ।

सो दिन कारोवारमा आएका १ सय ४२ कम्पनीको १० लाख कित्ता सेयरबाट २१ करोड ७१ लाख ९५ हजारको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL