Logo

सामान्य घट्यो नेप्से, २६ करोडको कारोवार

सामान्य घट्यो नेप्से, २६ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२१ असार,काठमाडौं । सोमबार नेप्से परिसुचक १ दशमलव २६ अंकले ओरालो लागेको छ । साताको दोश्रो दिन ९ सय ३६ अंकमा झरेर बजार बन्द भएको हो ।

सो दिन कारोवारमा आएकामध्ये होटल,जलविद्युत र बीमा समुहको परिसुचक घटेको छ । जसमध्ये बीमा समुहको सबैभन्दा बढी ३६ दशमलव ४४, होटलको १७ दशमलव ८८ र जलविद्युत समुहको परिसुचक ११ दशमलव ९१ अंकले घटेको हो ।

यता बैंकिङ, विकास बैंक,फाइनान्स, उत्पादन तथा अन्य समुहको परिसुचक भने क्रमशः ० दशमलव १९, ० दशमलव २६, ० दशमलव १७, १० दशमलव २४ र १ दशमलव १७ अंकले उकालो लागेको छ ।

सो दिन १ सय ३४ कम्पनीको ६ लाख ३ हजार ८ सय १७ कित्ता सेयरबाट २६ करोड ९ लाख रुपैयाँ बारबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL