बिजखबर संबाददाता
१५ असार,काठमाडौं । मंगलवार सेयर बजार २ दशमलव ८० अंकले बढेको छ । सो दिन नेप्से परिसुचक ९ सय ४९ अंकमा पुगेर बजार बन्द भएको हो ।
कारोवारमा आएकामध्ये बैंकिङ, होटल, जलविद्युत तथा बीमा समुहको परिसुचक बढेको छ । बीमा समुहको परिसुचक सवैभन्दा बढी २५ दशमलव ७२ अंकले बढेको छ । त्यस्तै होटल ५ दशमलव १२ ,बैंकिङको ३ दशमलव ६५ जलविद्युत ० दशमलव ४८ अंकले बढेको छ ।
यता ट्रेडिङ,फाइनान्स,विकास बैंक, उत्पादन समुहको परिसुचक ओरालो लागेको छ । ट्रेडिङ ३ दशमलव ८,उत्पादन २ दशमलव ३३, फाइनान्स १ दशमलव ७९ र विकास बैंक ० दशमलव ०ज्ञ अंकले ओरालो लागेको छ । सो दिन ६ लाख ४० हजार ६ सय ९४ कित्ता सेयरबाट ३४ करोड १६ लाखको कारोबार भएको छ ।