Logo

साढे ७ अंकले बढ्यो नेप्से, ३७ करोडको कारोवार

साढे ७ अंकले बढ्यो नेप्से, ३७ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१४ असार,काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार ७ दशमलव ६३ अंकले उकालो लागेको छ ।  सो दिन ९ सय ४४ दशमलव ५५ अंकमा पुगेको बजार बन्द भएको छ ।

कारोवारमा आएका मध्ये अधिकांश समुहको परिसुचक बढेकोले समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ३९ अंकले बढेको छ । तयस्तै जलविद्युत समुहको २८ दशमलव २६ र होटल समुहको परिसुचक ७ दशमलव ८९ अंकले बृद्धि भएको छ ।

त्यस्तै  विकास बैंकको ३ दशमलव १२, बैंकिङतर्फ २ दशमलव ४ र फाइनान्स समुहको परिसुचक १ दशमलव ५७ अंकले बढेको छ । यता उत्पादनसमुहको परिसुचक भने  ३ दशमलव २६ अंकले ओरालो लागेको छ ।

सोमबार  १ लाख ९४ हजार ८ सय ५ कित्ता सेयरबाट ३७ करोड ११ लाख रुपैयाँ बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL