बिजखबर संबाददाता
१०असार ,काठमाडौं । दाता सम्मेलनमा विभिन्न छिमेकी राष्ट्र तथा दातृ निकायहरुले पूर्ननिर्माणमा सहयोगका लागि गरेको घोषणाले सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ ।
सो दिन नेप्से परिसुचक २ दशमलव २ ८ अंकले बृद्धि भएको छ । बिहीबार सेयर बजार ९ सय ३० अंकमा पुगेर बन्द भएको छ ।
सो दिन कारोवारमा आएका सबै समूहको परिसूचक उकालो लागेको छ । त्यसमा पनि जलविद्युत समूहको परिसूचक सवैभन्दा बढी २० दशमलव ८२ अंकले बढेको छ । त्यस्तै होटल समुहको १५ दशमलव ९४,बीमा समूहको ९ दशमलव २६ र बैंकिङ समुहको परिसुचक १ दशमलव ७२ अंकले बढेको छ ।
त्यस्तै विकास बैंक तथा फाइनान्स समुहको सूचक क्रमशः ० दशमलव ५८ र ० दशमलव ४८ अंकले बढेको छ ।
बिहीवार कारोबारमा आएका १ सय ३० कम्पनीको ५ लाख ५ हजार ६३ कित्ता सेयरबाट २४ करोड १४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोवार भएको छ ।