Logo

सामान्य बढ्यो नेप्से, २६ करोडको कारोवार

सामान्य बढ्यो नेप्से, २६ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

९ असार,काठमाडौं । बुधबार सेयर बजार १ दशमलव ९६ अंकले उकालो लागेको छ । सो दिन ९ सय २८ दशमलव ०५ अंकमा पुगेर बजार बन्द भएको छ ।

कारोवारमा आएकामध्ये फाइनान्स र अन्यसमुहबाहेक सवै समुहको परिसुचक बढेको छ । बुधवार बीमा समुहको परिसुचक सवैभन्दा बढी २३ दशमलव १२ अंकले बढेको छ । त्यस्तै जलविद्युतको ९ दशमलव २५, होटल समुहको ३ दशमलव ३३, बैंकिङको १ दशमलव ९२ र विकास बैंकको परिसुचक ० दशमलव ९५ अंकले बढेको छ ।

यता फाइनान्स तथा अनयसमुहको परिसुचक भने क्रमशः ० दशमलव १३ र ४ दशमलव ७ अंकले ओरालो लागेको छ ।

सो दिन कारोबारमा आएका २ सय २८ कम्पनीको ८ लाख ११हजार ४ सय ६३ कित्ता सेयरबाट २६ करोड ५६ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL