Logo

सेयर बजारमा सुधार, १८ करोडको कारोवार

सेयर बजारमा सुधार, १८ करोडको कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

७ असार,काठमाडौं । साताको दोश्रो दिन सोमबार सेयर बजार ५ दशमलव ९३ अंकले उकालो लागेको छ । सो दिन ९ सय २३ दशमलव ९ अंकमा पुगेर बजार बन्द भएको छ ।

कारोवारमा आएकामध्ये बीमा समूहको परिसुचक सवैभन्दा बढी ४९ दशमलव ५९ अंकले बढेको छ । त्यस्तै जलविद्युतको ७ दशमलव ३२, बैंकिङ समुहको ५ दशमलव ८८,विकास बैंकको १ दशमलव ३९ तथा फाइनान्स समुहको परिसुचक १ दशमलव १८ अंकले बढेको छ ।

यता अन्य समुहको परिसुचक भने २ दशमलव ३४ अंकले ओरालो लागेको छ ।

सो दिन १ सय ३१ कम्पनीको १ लाख ८० हजर कित्ता सेयर बाट १८ करोड ९२ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL