बिजखबर संबाददाता
२५ जेठ,काठमाडौं । सोमवार नेप्से परिसुचक १४ दशमलव ३२ अंकले बढेको छ । सो दिन ९ सय ५४ अंकमा पुगेर बजार बन्द भएको छ ।
सो दिन कारोवारमा आएकामध्ये होटल समुहको बाहेक अन्य समूहको परिसूचक उकालो लागेको छ । सोमबार उत्पादन समूहको परिसुचक सवैभन्दा बढी ५८दशमलव ०१ अंकले उकालो लागेको छ । त्यस्तै जलविद्युतको ४८ दशमलव १९,विकास बैंकको १६ दशमलव १२ र बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको १५ दशमलव ८५ अंकले बृद्धि भएको छ ।
बीमा, अन्य र फाइनान्स समुहको सूचक क्रमशः ७ दशमलव २१,४दशमलव ७, र १ दशमलव ४ अंक्ले बढेको छ ।
१ सय २६ कम्पनीको ११ लाख ६१ हजार ३ सय ९९ कित्ता सेयरबाट ३६ करोड ११ लाख रुपैयाँ बराबरको कारोवार भएको छ ।