Logo

नेप्से २२ अंकले घट्यो, १५ करोडको कारोवार

नेप्से २२ अंकले घट्यो, १५ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१३ जेठ,काठमाडौं । बुधवार नेप्से परिसुचक २२ दशमलव १४ अंकले घटेको छ । सो दिन ८ सय ३७ दशमलव ८३ मा झरेर बजार बन्द भएको छ ।

बुधवार कारोवारमा आएकामध्ये बीमा समुहको परिसुचक सवैभन्दा बढी ८६ दशमलव ४९ अंकले घटेको छ । त्यस्तै बैंकिङ समुहको २८ दशमलव ४१, अन्य समुहको ११ दशमलव ७४, विकास बैंकको १० दशमलव ५४ र जलविद्युतको ६ दशमलव ०५ अंकले ओरालो लागेको छ ।

त्यसैगरी फाइनान्स समुहको सुचक १ दशमलव ४६ अंकले घटेको छ । २ लाख ७७ हजार कित्ता सेयर किनबेचबाट १५ करोड २१ लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL