Logo

२८ अंकले घट्यो नेप्से, ११ करोडको कारोवार

२८ अंकले घट्यो नेप्से, ११ करोडको कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१० जेठ,काठमाडौं । कारोबार बन्द भएको करिव १ महिना पछि सुचारु भएको सेयर बजार २८ दशमलव ३७ अंकले घटेर बन्द भएको छ ।

गत बैशाख १० गते  ९ सय १९ अंकमा पुगेकोमा आइतवार  ९ सय ९ दशमलव ८२ अंकमा झरेको बन्द भएको हो ।

आइतवार कारोवारमा आएका मध्ये जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी १ सय ५१ दशमलव ७८ अंकले ओरालो लागेको छ । त्यस्तै बीमा समुहको १ सय ३८ दशमलव १४,अन्य समुहको ६४ दशमलव ६१ ले घटेको छ ।

त्यसैगरी बैंकिङ समुहको १९ दशमलव ०२, विकास बैंकको २ दशमलव ७ र फाइनान्स समुहको १ दशमलव ४६ अंकले घटेको छ । सो दिन ५ लाख ९३ हजार कित्ता सेयर किनबेचबाट ११ करोड ५३ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL