Logo

सेयर बजार चाँडै सञ्चालनमा आउदै, कारोबारलाई व्यवस्थित गर्न केही समय लाग्ने

सेयर बजार चाँडै सञ्चालनमा आउदै, कारोबारलाई व्यवस्थित गर्न केही समय लाग्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२१ वैशाख, काठमाडौं । भुकम्पका कारण ठप्प रहेको सेयर बजार चाँडैनै सञ्चालनमा आउने भएको छ । सेयर बजारलाई शीघ्र सञ्चालनमा ल्याउने तयारी गरिएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।

भुकम्पले सेयर बजारसँग सम्बन्धित विभिन्न कार्यालयमा भौतिक क्षति हुनुका साथै ती कार्यालयमा कार्यरत कर्मचारी प्रभावित भएकाले गत सातादेखि कारोबार ठप्प छ ।

सेयर कारोबारको सहजकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड बसेको थापाथलीस्थित भवन भत्किएका कारण त्यहाँबाट कारोबार हुने अवस्था छैन भने ब्रोकर कम्पनी बसेका अधिकांश भवनमा क्षति पुगेको छ ।

क्षतिग्रस्त भौतिक संरचना मर्मत गरेर तथा कर्मचारीलाई कार्यालयमा बोलाएर कारोवार सञ्चालन गरिने स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियाले बताए ।
साथै कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन पनि केही समय लाग्ने भएकाले तयारी आवश्यक पर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL