Logo

३ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

३ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

९ बैशाख,काठमाडौं । बुधवार नेप्से परिसुचक ३ दशमलव १ अंकले ओरालो लागेको छ । सो दिन ९ सय ४५ बाट खुलेको बजार ९ सय ४२ अंकमा झरेर बन्द भएको छ ।

सो दिन सबैभन्दा बढी होटल समुहको परिसुचक २७ दशमलव ९ अंकले घटेको छ । त्यस्तै बीमा २० दशमलव ९२, जलविद्युत ५ दशमलव ९४, बैंकिङ ४ दशमलव ९९, विकास बैंक ३ दशमलव ५ , उत्पादन २ दशमलव ८ र फाइनान्स समुहको सुचक ० दशमलव २२ अंकले घटेको छ ।

यता अन्य समुहको परिसुचक भने ११ दशमलव ७४ अंकले उकालो लागेको छ । बुधवार कारोबारमा आएका १ सय २० कम्पनीको ४ लाख ४७ हजार कित्ता सेयरबाट १७ करोड ४० लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL