बिजखबर संबाददाता
६ बैशाखा,काठमाडौं । ४ दशमलव २२ अंकले घट्यो । ९ सय ४९ बाट खुलेको बजार ९ सय ४५ मा पुगेर बजार बन्द भएको छ ।
सो दिन कारोवारमा आएका होटल र जलविद्युत बाहेक अन्य समुहको परिसुचक ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक असर परेको छ । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी २१ दशमलव ७६ अंकले ओरालो लागेको छ । त्यस्तै अन्य समुहको १७ दशमलव ६२, उत्पादन ३ दशमलव ०२, बैंकिङ २ दशमलव ७२ र विकास बैंक १ दशमलव ९६ तथा फाइनान्स समुहको परिसुचक १ दशमलव ४३ अंकले घटेको छ ।
यता जलविद्युत तथा होटल समुहको परिसुचक भने १६ दशमलव २९ र १० दशमलव १२ अंकले उकालो लागेको छ ।
सो दिन १ सय २२ ओटा कम्पनीको ४ लाख ३२ हजार कित्ता सेयर किनबेचबाट १४ करोड १५ लाखको कारोवार भएको छ ।