Logo

बर्षको अन्तिम दिन नेप्से साढे ३ अंकले आरालो, २० करोड ७५ लाखको कारोवार

बर्षको अन्तिम दिन नेप्से साढे ३ अंकले आरालो, २० करोड ७५ लाखको कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

३० चैत,काठमाडौं । बर्षको अन्तिम दिन नेप्से ३ दशमलव ६७ अंकले घटेको छ । सोमवार ९ सय ५३ बाट खुलेको बजार ९ सय ४८ अंकमा झरेर बन्द भएको छ ।

सो दिन जलविद्युत र होटल बाहेक अन्य समुहको परिसुचक ओरालो लागेको छ । सवैभन्दा बढी बैंकिङ समुहको परिसुचक ६ दशमलव ०६ अंकले घटेको छ । त्यस्तै बीमा समुहको ४ दशमलव ९ र उत्पादन समुहको परिसुचक ३ दशमलव २६ अंकले घटेको छ । विकास बैंक र फाइनान्स समुहको परिसुचक क्रमशः २ दशमलव ७८ र ० दशमलव ०४ अंकले ओरालो लागेको छ ।

यता होटल तथा जलविद्युतको परिसुचक भने २० दशमलव ४३ र ३ दशमलव ६४ अंकले उकालो लागेको छ । सोमबार सेयर बजारमा जम्मा २० करोड ७५ लाखको कारोवार भएको छ ।

सो दिन १ सय १९ कम्पनीको ७ लाख ४५ हजार कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL