Logo

करिव ८ अंकले घट्यो नेप्से, १० कारोड ९८ लाखको कारोवार

करिव ८ अंकले घट्यो नेप्से, १० कारोड ९८ लाखको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१ चैत,काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक ७ दशमलव ७६ अंकले घटेको छ । सो दिन कारोवारमा आएका मध्ये फाइनानस र अन्यसमुहको बाहेक अन्य समुहको परिसुचक ओरालो लागेको छ ।

यसले गर्दा समग्र नेप्से बजारमा दबाब परेको हो । आइतवार कारोवारमा आएकामध्ये बीमा समुहको परिसुचक सबैभन्दा बढी ७५ दशमलव ०८ अंकले घटेको छ । त्यस्तै त्यस्तै जलविद्युतको १९ दशमलव २४ र, बैंकिङ समुहको ७ दशमलव ८९ अंकले घटेको छ । विकास बैंक ५ दशमलव ४५ र होटलसमुहको ७ दशमलव २ अंकले ओरालो लागेको छ ।

यता फाइनान्स तथा अन्य समुहको परिसुचक भने ० दशमलव ३१ र ३ दशमलव ५२ अंकले बढेको छ । सो दिन १ सय ३१ कम्पनीको २ लाख ९४ हजार कित्ता शेयर किनबेच भएको छ । सो किनबेचबाट १० करोड ९८ लाख परिचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL