Logo

सामान्य ओरालो लाग्यो नेप्से, कसले किन्यो नेपाल बैंकको ७ करोडको सेयर?

सामान्य ओरालो लाग्यो नेप्से, कसले किन्यो नेपाल बैंकको ७ करोडको सेयर?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइतबार नेप्से परिसुचक १ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १४ सय १० अंकमा झरेर बन्द भएको हो ।

सो दिन कारोबारमा आएका अधिकांस समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव देखिएको हो ।

आइतबार बीमा समुहको परिसुचक सबैभन्दा बढी ३५ दशमलव ९८ अंकले घटेको छ । त्यस्तै होटल ३२ दशमलब ८२, उत्पादन १५ दशमलब ७९, जलविद्युत १४ दशमलब ५९ अंकले ओरालो लागेको छ ।

त्यस्तै फाइनान्स,माइक्रोफाइनान्स र ट्रेडिङ समुहको परिसुचक ० दशमलब ८४ अंकले घटेको छ । यता विकास बैंक, बैंकिङ र अनय समुहको परिसुचक भने क्रमशः ४ दशमलब ६५, २ र ० दशमलब ६४ अंकले बढेको छ ।

सो दिन नेपाल बैंक लिमिटेडको ७ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार १ सय ६३ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ११ लाख कित्ता सेयरबाट ४६ करोड ६४ लाख रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्