Logo

पौने १० अंकले उकालो लाग्यो नेप्से, २८ करोड २२ लाखको कारोबार

पौने १० अंकले उकालो लाग्यो नेप्से, २८ करोड २२ लाखको कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बिहीबार नेप्से परिसुचक ९ दशमलब ८० अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १४ सय ४ दशमलब ५३ अंकमा पुगेर बन्द भएको हो ।

कारोबारमा आएका अधिकांस समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो ।

बिहीबार बीमा समुहको परिसुचक ८९ अंकले उकालो लागेको छ । सो दिन उत्पादन ३० दशमलब ४५,होटल २७ दशमलब ३५, माइक्रोफाइनान्स २२ दशमलब ४३, बैंकिङ ८ दशमलब ६१ र ट्रेडिङ ८ दशमलब २८ अंकले बढेको छ ।

त्यसैगरी जलविद्युत र फाइनान्स समुहको परिसुचक क्रमशः ६ दशमलब ४१ र १ दशमलब ६१ अंकले उकालो लागेको छ ।

बिहीबार विकास बैंक र अन्य समुहको परिसुचक भने ३ र १ दशमलब ४५ अंकले घटेको छ । आज १५९ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ६ लाख ६२ हजार कित्ता सेयरबाट २८ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्