Logo

सबै समुह ओरालो लाग्दा ९ अंकले घट्यो नेप्से, साढे ४२ करोडको कारोबार

सबै समुह ओरालो लाग्दा ९ अंकले घट्यो नेप्से, साढे ४२ करोडको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबार नेप्से परिसुचक ९ दशमलब २९ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १४ सय ८४ दशमलब ४७ अंकमा झरेर बन्द भएको हो ।

बुधबार कारोबारमा आएका सबै समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।

सोे दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ४३ दशमलब ४९ अंकले घटेको छ । त्यस्तै उत्पादन ३५ दशमलब ८१, जलविद्युत २६ दशमलब ६६, अन्य १० दशमलब ९८,माइक्रोफाइनान्स ७ दशमलब २६, बिकास बैंक ६ दशमलब ९ अंकले घटेको छ ।

त्यसैगरी बैंकिङ ६ दशमलब ६१,फाइनान्स १ दशमलब १४ र होटल समुहको परिसुचक ० दशमलब १८ अंकले घटेको हो ।

नेपाल टेलिकमको ४ करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सो दिन १ सय ५५ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ९ लाख ८३ हजार कित्ता सेयरबाट ४२ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्