Logo

सामान्य ओरालो लाग्यो नेप्से, ५६ करोड ८३ लाखको कारोबार

सामान्य ओरालो लाग्यो नेप्से, ५६ करोड ८३ लाखको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमबार नेप्से परिसुचक सामान्य ओरालो लागेको छ । सो दिन सेयर बजार ० दशमलब ८९ अंकले ओरालो लागि १५ सय ८ दशमलब २५ मा झरेर बन्द भएको हो ।

सोमबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक उकालो लागे पनि समग्र सेयर बजारमा भने नकारात्मक प्रभाव परेको हो ।

सो दिन बीमा,विकास बैंक,बैंकिङ र माइक्रोफाइनान्स समुहको परिसुचक क्रमशः २५ दशमलब ५६, १२ दशमलब १२,३ र २ अंकले ओरालो लागेको छ । यता उत्पादन,जलविद्युत,अन्य ट्रेडिङ,फाइनान्स र होटल समुहको परिसुचक भने क्रमशः २१ द्यशमलब ४८,१३ दशमलब ४४,८ दशमलब ६८,६, ३ दशमलब ३ज्ञ र २ दशमलब ३६ अंकले बढेको छ ।

सो दिन १ सय ६३ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १२ लाख २२ हजार कित्ता सेयरबाट ५६ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्