काठमाडौं । मंगलबार नेप्से परिसुचक १७ दशमलब ५१ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १५ सय १० दशमलब २१ अंकमा मा झरेर बन्द भएको हो ।
मंगलबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी १६६ दशमलब १७ अंकले ओरालो लागेको छ ।
त्यस्तै होटल ४७ दशमलब ८३, बिकास बैंक २२ दशमलब ८१, माइक्रोफाइनान्स २० दशमलब ६३, बैंकिङ समुह १३ दशमलब ८३ र जलविद्युत ८ दशमलब ७८ अंकले ओरालो लागेको छ ।
त्यसैगरी अन्य,ट्रेडिङ र फाइनान्स समुहको परिसुचक क्रमशः ७ दशमलब ५२,३ दशमलब ३ र १ दशमलब ५२ अंकले ओरालो लागेको छ । यता उत्पादन समुहको परिसुचक भने ६ दशमलब ४२ अंकले उकालो लागेको छ ।
मंगलबार १ सय ५७ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ११ लाख कित्ता सेयरबाट ६६ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।