काठमाडौं । सोमबार नेप्से परिरसुचक २ दशमलब ७४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ५ सय २७ दशमलब ७५ अंकमा झरेर बन्द भएको हो ।
सोमबार कारोबारमा आएकामध्ये बीमा समुहको परिसुचक सबैभन्दा बढी २६ दशमलब ७३ अंकले घटेको छ ।
त्यस्तै बिकास बैंक ९, होटल ७ दशमलब १, माइक्रोफाइनान्स ५ दशमलब ४७, ट्रेडिङ २ दशमलब २८,बैंकिङ १ दशमलब ८३ र फाइनान्स समुहको परिसुचक ० दशमलब ९४ अंकले ओरालो लागेको छ ।
यता उत्पादन र अन्य समुहको परिसुचक क्रमशः ० दशमलब ५६ र ० दशमलब ८ अंकले उकालो लागेको छ ।
सोमबार १ सय ५७ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ८ लाख ५६ हजार कित्ता सेयरबाट ४६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।