Logo

चुनावी नतिजालाई सेयर बजारको रातो झण्डा, कसले किन्यो स्ट्याण्डर्ड चाटर्डको २७ करोडको सेयर?

चुनावी नतिजालाई सेयर बजारको रातो झण्डा, कसले किन्यो स्ट्याण्डर्ड चाटर्डको २७ करोडको सेयर?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । देशभर वाम गठबन्धनका उम्मेदवारहरुले जितिरहदाँ सेयर बजार भने ओरालो लागेको छ । आइतबार नेप्से परिसुचक ६ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ५ सय ३० दशमलब ४९ अंकमा झरेर बन्द भएको हो ।

आइतबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।

सो दिन कारोबारमा आएका मध्ये बीमा समुहको परिसुचक सबैभन्दा बढी ७२ दशमलब ८२ अंकले ओरालो लागेको छ ।

त्यस्तै माइक्रोफाइनान्स २० दशमलब ३४, होटल समुह १४ दशमलब ७८, जलविद्युत १३ दशमलब ७२, फाइनान्स ८ दशमलब ४५, बिकास बैंक ५ दशमलब ४७ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ३ दशमलब ७९ अंकले ओरालो लागेको छ ।

सो दिन उत्पादन र अन्य समुहको परिसुचक भने क्रमशः ४० दशमलब २४ र २ अंकले उकालो लागेको छ ।

आइतबार स्ट्याण्डर्ड चाटर्ड बैंकको सबैभन्दा बढी २६ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सो दिन १५८ कम्पनी कारोबारमा आएका थिए ती कम्पनीकाो १२ लाख कित्ता सेयरबाट ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्