काठमाडौं । सोमबार नेप्से परिसुचक ३ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १४ सय ९३ दशमलब ४२ अंकमा झरेर बन्द भएको हो ।
कारोबारमा आएका मध्ये सेयर बजारमा बढी प्रभाव रहेका समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।
सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ५१ दशमलब ९३ अंकले घटेको छ । त्यस्तै विकास बैंक समुह ११ दशमलब ८९,माइक्रोफाइनान्स ११ दशमलब २२, ट्रेडिङ २ दशमलब २८ र बैंकिङ समुहको परिसुचक २ दशमलब १४ अंकले ओरालो लागेको छ ।
सोमबार फाइनान्स,उत्पादन, होटल,जलविद्युत र अन्य समुहको परिसुचक क्रमशः ९ दशमलब ३६, ८ दशमलब ६६, ६ दशमलब ३४ र ० दशमलब ८७ अंकले उकालो लागेको छ ।
सोमबार १ सय ६० ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ११ लाख ५७ हजार कित्ता सेयरबाट ४९ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।