काठमाडौं । दोश्रो चरणअन्तर्गत हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ताको रौनक चलिरहदाँ सेयर बजारमा भने त्यसको असर देखिएको छैन । उम्मेदवारी दर्ताको दिन बिहीबार नेप्से परिसुचक ३ दशमल ७० अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १५ सय २२ दशमलब ८१अंकमा झरेर बन्द भएको हो ।
सो दिन कारोबारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव देखिएको हो । बिहीबारर माइक्रो फाइनान्स समुहको परिसुचक सबैभन्दा बढी १४ दशमलब २६ अंकले घटेको छ ।
त्यस्तै अन्य ७ दशमलब ८१, विकास बैंक ६ दशमलब ७७,उत्पादन ६ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुह ३ दशमलब ७७ अंकले ओरालो लागेको छ । त्यसैगरी होटल समुह ० दशमलब ९७ अंकले घटेको छ ।
यता जलविद्युत,बीमा,ट्रेडिङ र फाइनान्स समुुह क्रमशः १४,१० दशमलब ५२, ६ दशमलब ५९ र ० दशमलब ३३ अंकले बढेको छ ।
बिहीबारर १५५ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ११ लाख कित्ता सेयरबाट ४५ करोड बराबरको कारोबार भएकोे छ ।