काठमाडौं । बुधबार नेप्से परिसुचक ७ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १५ सय २६ दशमलब ५१ अंकमा झरेर बन्द भएको हो ।
बुधबार बीमा समुहको परिसुचक सबैभन्दा बढी ४९ दशमलब ७ अंकले ओरालो लागेको छ । त्यस्तै बिकास बैंक १३ दशमलब ४१,माइक्रोफाइनान्स १२ दशमलब ९३, होटल ९ दशमलब ६१ र सेयर बजारमाा बढी प्रभाव रहेको बैंकिङ समुुहको परिसुचक ६ दशमलब ४७ अंकले घटेको छ ।
त्यसैगरी जलविद्युत ६ दशमलब ८६ र फाइनान्स समुहको परिसुचक ३ दशमलव ८८ अंकले घटेको हो ।
यता उत्पादन र अन्य समुहको परिसुचक भने क्रमशः २३ दशमलब ४८ र ० दशमलब ५८ अंकले उकालो लागेको छ ।
बुधबार राष्ट्रिय बीमा कम्पनीको ३ करोड १० लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । सो दिन १५९ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १० लाख कित्ता सेयरबाट ४२ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।