Logo

सामान्य ओरालो लाग्यो नेप्से, ४७ करोडको कारोबार, कसले किन्यो टेलिकमको ९ करोडको सेयर ?

सामान्य ओरालो लाग्यो नेप्से, ४७ करोडको कारोबार, कसले किन्यो टेलिकमको ९ करोडको सेयर ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलबार नेप्से परिसुचक ० दशमलब ६६ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १५ सय ६७ दशमलब ६४ अंकमा झरेर बन्द भएको हो ।

मंगलबार कारोबारमा आएकामध्ये बीमा,उत्पादन र अन्यबाहेक अरु समुह ओरालो लागेको छ । सो दिन जलविद्युत समुहको परिसुचक सबैभन्दा बढी १९ अंकले घटेको छ ।

त्यस्तै होटल १४ दशमलब ५७,विकास बैंक ११ दशमलब ६४ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुह ९ दशमलब २ अंकले ओरालो लागेको छ ।

त्यसैगरी ट्रेडिङ ३ दशमलब २९ र फाइनान्स समुहको परिसुचक १ दशमलब ७८ अंकले घटेको छ । यता अन्य,बीमा र उत्पादन समुहको परिसुचक भने क्रमशः ४१ दशमलब ९३, २१ दशमलब ९ र ८ दशमलब ९३ अंकले उकालो लागेको छ । मंगलबार नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको सबैभन्दा बढी ९ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सो दिन १ सय ५९ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १४ लाख ३३ हजार कित्ता सेयरबाट ४६ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्