Logo

साढे ३ अंकले उकालो लाग्यो नेप्से, ३७ करोडको कारोबार

साढे ३ अंकले उकालो लाग्यो नेप्से, ३७ करोडको कारोबार


बिजखबर संवाददाता
27
Shares

अकाठमाडौं । आइतबार नेप्से परिसुचक ३ दशमलब ५७ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १५ सय ७१ दशमलब ९२ अंकमा पुगेर बन्द भएको हो ।

आइतबार जलविद्युत समुहको परिसुचक सबैभन्दा बढी १३ दशमलब ४८ अंकले बढेको छ ।

त्यस्तै अन्य १० दशमलब ४१, फाइनान्स ५ दशमलब ८४, बैंकिङ ३, विकास बैंक २ दशमलब ४५ अंकले बढेको छ । यता होटल,बीमा र ट्रेडिङ समुहको परिसुचक भने क्रमशः ४६ दशमलब ५३,११ दशमलब ११ र ० दशमलब १६ अंकले ओरालो लागेको छ ।

आइतबार १सय ४६ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ८ लाख ७२ हजार कित्ता सेयरबाट ३६ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्