काठमाडौं । कम्युनिष्ट पार्टीहरुको एकताको प्रभाव सेयर बजारमा पनि परेको छ । वाम एकतासँगै कम्युनिष्टहरुबीच उत्साह छाएपनि सेयर बजार भने ओरालो लागेको छ ।
आइतबार नेप्से ३२ दशमलब ६४ अंकले ओरालो लागेको छ । सो दिन बजार १५ सय १० अंकमा झरेर बन्द भएको हो ।
कारोबारमा आएका सबै समुहको परिसुचक घटेको छ । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी १९३ दशमलब १२ अंकले घटेको छ । त्यस्तै होटल ६६ दशमलब २५,विकास बैंक ५३, जलविद्युत ३७, दशमलब ३९, बैंकिङ २८ दशमलब ८४, उतपादन १८ दशमलब ४८,फाइनान्स १५, ट्रेडिङ ९ र अन्य समुहको परिसुचक ५ दशमलब २ अंकले घटेको छ ।
आइतबार १५२ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ९ लाख ७२ कित्ता सेयरबाट ४१ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ ।