Logo

नेप्सेको महाप्रबन्धकमा तीन नाम छनौट

नेप्सेको महाप्रबन्धकमा तीन नाम छनौट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा अन्तिम तीन नाम छनौट  भएको छ ।

छनौट हुनेमा चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोज ज्ञवाली रहेका छन् । अर्थमन्त्रालय वित्त क्षेत्र व्यवस्थापन बिभागले तीन नाम छनौट गरेको हो ।
साउद यसअघि नेपाल इन्स्योरेन्समा महाप्रबन्धक थिए । त्यस्तै शर्मा प्राध्यापक हुन् । ज्ञवाली ज्याती विकास बैंकका नायब कार्यकारी प्रमूख हुन् ।

नेप्सेको महाप्रबन्धकको लागि १३ जनाको आवेदन परेकोमा यसअघि नेप्सेका पुर्व महाप्रबन्धक सिताराम थपलिया, नेप्सेकै अर्की कर्मचारी प्रविण पन्दु्क पनि प्रमूख ५ संक्षित नाममा समावेश थिए ।

छानिएका अन्तिम तीन नाम मध्येबाट मन्त्री परिषदको बैठकले एक नाम छनौट गर्नेछ । करिब साढे २ महिनादेखि नेप्सेको महाप्रबन्धक पद खाली रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL