काठमाडौं । बुधबार नेप्से परिसुचक ३ दशमलब ८९ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १५ सय ३९ दशमलब ८१ अंकमा झरेर बन्द भएको हो ।
बुधबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी २१ द्यशमलब १२ अंकले घटेको छ ।
त्यस्तै होटल ७ दशमलब ४९,विकास बैंक ६ दशमलब ८४, बैंकिङ ५ दशमलब ७२ र जलविद्युत समुहको परिसुचक ४ अंकले घटेको हो । यता ट्रेडिङ, अन्य र फाइनान्स समुहको परिसुचक भने क्रमशः २२ दशमलब ८, ६ दशमलब ३६ र १ दशमलव १५ अंकले बढेको छ ।
बुधबार नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १ सय ५८ ओटा कम्पनी कारोबारमा आएका थिए ।
ती कम्पनीको १० लाख कित्ता सेयरबाट ५४ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।