काठमाडौं । बुधबार नेप्से परिसुचक ३ दशमलब ५० अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १६ सय ३२ दशमलब ६६ अंकमा पुगेर बन्द भएको हो ।
बुधबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाब परेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ७५ दशमलब ७८ अंकले उकालो लागेको छ । त्यस्तै होटल ७ दशमलब ५५,विकास बैंक ३ दशमलब २ र बैंकिङ समुहको परिसुचक २ दशमलब ९६ अंकले बढेको छ । त्यसैगरी अन्य समुहको परिसुचक २ अंकले उकालो लागेको छ ।
यता उत्पादन,जलविद्युत र फाइनान्स समुहको परिसुचक भने क्रमशः ५३ दशमलब १५, ८ दशमलब ५५ र ३ अंकले ओरालो लागेको ओरालो लागेको छ ।
बुधबार प्रुडेन्सियल इन्स्योरेन्सको ३ करोड ४६ लाख रुपैया बराबरको प्रमोटर सेयर किनबेच भएको छ । सो दिन १ सय ५८ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १६ लाख कित्ता सेयरबाट ७० करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
छ ।