काठमाडौं । बुधबार नेप्से परिसुचक ६ दशमलब २२ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १६ सय ६१ दशमलब ७२ अंकमा झरेर बन्द भएको हो ।
बुधबार कारोबारमा आएका अधिकांश समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाब परेको हो । सो दिन उत्पादन समुहको परिसुचक सबैभन्दा बढी २५ दशमलब १४ अंकले ओरालो लागेको छ ।
त्यस्तै जलबिद्युत १२ दशमलब ७५, विकास बैंक १२ दशमलब ७२,बैंकिङ ६ दशमलब ४८,फाइनान्स ३ दशमलब ७ र अन्य समुहको परिसुचक १ दशमलब ४५ अंकले घटेको छ ।
यता बीमा र होटल समुहको परिसुचक भने क्रमशः ८ दशमलब ७१ र १ दशमलब ३५ अंकले उकालो लागेको छ ।
बुधबार १ सय ५९ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनी २८ लाख ३२ हजार कम्पनीको ९१ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।