Logo

साताको अन्तिम दिन २ अंकले घट्यो नेप्से, कसले किन्यो मुक्तिनाथको १० करोडको सेयर ?

साताको अन्तिम दिन २ अंकले घट्यो नेप्से, कसले किन्यो मुक्तिनाथको १० करोडको सेयर ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौ. । साताको कारोबार हुने अन्तिम दिन सेयर बजार २ दशमलब १६ अंकले ओरालो लागेको छ । बिहीबार बजार १६ सय ६० दशमलब ५८ अंकमा झरेर बन्द भएको हो ।
सो दिन कारोबारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको छ । बिहीबार बीमा समुहको परिसुचक सबैभन्दा बढी ४५ दशमलब ३ अंकले घटेको छ ।
त्यस्तै उत्पादन १७ दशमलब ३७,विकास बैंक  १३ दशमलब ६७, जलबिद्युत ११ र होटल १० दशमलब १२ अंकले ओरालो लागेको छ । यता बैंकिङ समुह,अन्य र फाइनान्स भने क्रमशः ०दशमलब ८९,१ दशमलब ४४ र १२ दशमलब ९२ अंकले बढेको छ ।
बिहीबार मुक्तिनाथ विकास बैंकको सबैभन्दा बढी १० करोेड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सो दिन १ सय ६३ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको २८ लाख ५१ ह्जार कित्ता सेयरबाट १ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्