काठमाडौं । सोमबार नेप्से परिसुचक ९ दशमलब ४१ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १६ सय ५२ दशमलब ६९ अंकमा पुगेर बन्द भएको हो ।
सोमबार कारोबारमा आएका बीमा बाहेक अन्य समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । सो दिन होटल समुहको परिसुचक १६१ दशमलब २८ अंकले बढेको छ ।
त्यस्तै उत्पादन ४६,जलविद्युत ३१ दशमलब १२,फाइनान्स १०,बैंकिङ समुह ६ दशमलब ७८, अन्य ५ र विकास बैंक ५ अंकले उकालो लागेको छ । सो दिन बीम समुहको परिसुचक भने ५ दशमलब २१ अंकले ओरालो लागेको छ ।
सोमबार सानिमा बैंकको ४ करोेड ५१ लाख बराबरको सेयर कारोबार भएको थियो ।
सो दिन १ सय ५५ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १६ लाख ४८ हजार कित्ता सेयरबाट १ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ ।