Logo

करिब ९ अंकले उकालो लाग्यो नेप्से, १ अर्ब २९ करोड पुग्यो कारोबार

करिब ९ अंकले उकालो लाग्यो नेप्से, १ अर्ब २९ करोड पुग्यो कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधबार नेप्से परिसुचक ८ दशमलब ८४ अंकले उकालो लागेको छ ।सो दिन सेयर बजार १६ सय ४५ अंकमा पुगेर बन्द भएको हो ।

बुधबार कारोबारमा आएका बैंकिङ र जलविद्युत बाहेक सबै समुहको परिसुचक उकालो लागेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ३०९ दशमलब ८९ अंकले बढेको छ । त्यस्तै उत्पादन ३५ दशमलब ४२,होटल २५ दशमलब ४३,विकास बैंक १४ दशमलब ४१, फाइनान्स ४ र अन्य समुहको परिसुचक ० दशमलब ८७ अंकले बढेको छ ।

यता सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ र जलविद्युत समुहको परिसुचक भने क्रमशः ५ दशमलब ४२ र १ दशमलब ९९ अंकले ओरालो लागेको छ ।

बुधबार प्रभु इनस्योरेन्सको सबैभन्दा बढी ९ करोड ५६ लाख बराबरको सेयर कारोबार भएको थियो ।

सो दिन १५६ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको २५ लाख कित्ता सेयरबाट १ अर्ब २९ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्