Logo

अधिकांश समुह ओरालो लाग्दा साढे ६ अंकले घट्यो नेप्से,१ अर्ब ५ करोडको कारोबार

अधिकांश समुह ओरालो लाग्दा साढे ६ अंकले घट्यो नेप्से,१ अर्ब ५ करोडको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमबार नेप्से परिसुचक ६ दशमलब ४८ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १६ सय २९ अंकमा झरेर बन्द भएको हो ।

कारोबारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक असर परेको देखिएको छ । सो दिन होटल समुहको परिसुचक सबैभन्दा बढी २६ दशमलब ७१ अंकले घटेको छ ।

त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुह १५ दशमलब २६, विकास बैंक ७, जलविद्युत ४ र अन्य समुहको परिसुचक ० दशमलब ५८ अंकले ओरालो लागेको छ । यता बीमा,उत्पादन र फाइनान्स समुहको परिसुचक भने क्रमशः १००,३९ दशमलब ७८ र ३ दशमलब ६१ अंकले उकालो लागेको छ ।

आइतबार सानिमा माइ हाइड्रोपावरको सबैभन्दा बढी ८ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सोमबार १५३ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १७ लाख कित्ता सेयरबाट १ अर्ब ५ करोड रुपैयाँ को कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्