काठमाडौं । सोमबार नेप्से परिसुचक २ दशमलब ४७ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १५ सय ४४ दशमलब २९ अंकमा पुगेर बन्द भएको हो ।
कारोबारमा आएका अधिकांश समुह ओरालो लागेपनि बैंकिङ समुहको परिसुचक बढ्दा सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बैंकिङ समुहको परिसुचक ६ दशमलव ११ र विकास बैंकको ६ दशमलव ६८ अंकले बढेको छ ।
यता होटल,जलविद्युत, बीमा,उत्पादन, फाइनान्स र अन्य समुहको परिसुचक भने क्रमशः ३७,९,७ दशमलव २९, ६ दशमलव ७५ ४ दशमलव ५८ र ३ दशमलव ७६ अंकले ओरालो लागेको छ ।
सोमबार नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ५९ लाखको कारोबार भएको छ ।
सोमबार १ सय ४५ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ८ लाख३८ हजार कित्ता सेयरबाट ४४ करोड ६७ लाखको कारोबार भएको छ ।