Logo

आइतबारदेखि शेयर किनबेच सुचारु

आइतबारदेखि शेयर किनबेच सुचारु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवारदेखि बन्द रहेको धितोपत्र बजार आइतवारदेखि खुल्ने भएको छ । स्टक ब्रोकर एशोसिएशन अफ नेपाल र सरकारबीच सहमति भएपछि कारोबार खुल्ने भएको हो ।

धितोपत्र दलालहरूको कमिशनमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयपछि कारोबार नै बन्द गरेर विरोधस्वरूप आन्दोलनमा उत्रिएका थिए ।

शुक्रवार एशोसिएशन र अर्थ मन्त्रालयका राजस्व सचिवबीच व्यवसायीहरूको समस्या समाधान गर्ने सहमति भएको थियो ।

एशोसिएशनका अध्यक्ष प्रियराज रेग्मीका अनुसार उक्त छलफलमा अर्थ मन्त्रालयले हालसम्म भएको बेरुजु फछ्र्योट गर्न प्रक्रियाअनुसार फाइल अघि बढाउने र अब कसरी तथा कहिलेदेखि जाने भन्ने विधि तय नभएसम्म ब्रोकरले यथास्थितिअनुसार काम गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्