काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको नेप्से मंगलबार ४ अंकले घटेको छ । सो दिन सेयर बजार १५ सय ५१ अंकमा झरेर बन्द भएको हो ।
मंगलबार कारोबारमा आएकामध्ये बीमा समुहको परिसुचक सबैभन्दा बढी २९ दशमलब ३८ अंकले घटेको छ । त्यस्तै विकास बैंक ८ दशमलव ९८,होटल ८ दशमलव ९१ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ४ दशमलव ६७ अंकले ओरालो लागेको छ ।
त्यसैगरी सो दिन फाइनान्स समुहको परिसुचक ३ अंकले घटेको छ ।
यता जलविद्युत,अन्य र उत्पादन समुहको परिसुचक भने ० दशमलव ६८ अंकले उकालो लागेको छ ।
मंगलबार एभरेष्ट बैंक लिमिटेडको ९ करोड रुपैयाँ बराबरको सेयर कारोवार भएको थियो । सो दिन १ सय ४१ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ११ लाख ६२ हजार कित्ता सेयरबाट ५७ करोड ९२ लाखको कारोबार भएको छ ।