Logo

नेप्सेमा उतारचढाब जारी, ५ अंकले बढ्दा ६७ करोड ३८ लाखको कारोबार

नेप्सेमा उतारचढाब जारी, ५ अंकले बढ्दा ६७ करोड ३८ लाखको कारोबार


बिजखबर संवाददाता
54
Shares

काठमाडौ ं। बिहीबार नेप्से परिसुचक ५ दशमलब १० अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १५ सय ८९ दशमलब ५९ अंकमा पुगेर बन्द भएको हो । बुधबार सेयर बजार सामान्य ओरालो लागेको थियो ।

बिहीबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाब परेको देखिन्छ ।
सो दिन होटल समुह १९ दशमलब ८८, विकास बैंक ११ दशमलब ४५, बीमा ११ दशमलब ३४ र उत्पादन समुहको परिसुचक ८ दशमलब १८ अंकले बढेको छ ।

त्यस्तै सेयर बजारमा बढी प्रभाब रहेको बैंकिङ समुहको परिसुचक ५ दशमलब ५७ अंकले बढेको छ । त्यसैगरी फाइनान्स र जलबिद्युत समुहको परिसुचक क्रमशः ३ दशमलव ४१ र १ दशमलब ४४ अंकले उकालो लागेको छ ।

यता अन्य समुहको परिसुचक भने २ दशमलब ८९ अंकले ओरालो लागेको छ । बिहीबार एभरेष्ट बैंक लिमिटेडको सबैभन्दा बढी ६ करोड २१ लाखको कारोबार भएको छ । त्यसैगरी स्ट्याण्डर्ड चार्टड बैंकको ५ करोड १५ लाख र एभरेष्ट इन्स्योरेन्सको ३ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सो दिन १ सय ५१ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ११ लाख कित्ता सेयरबाट ६७ करोड ३८ लाख रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्