काठमाडौं । बुधबार नेप्से परिसुचक सामान्य ओरालो लागेको छ । सो दिन सेयर बजार ० दशमलब ६६ अंकले घटेर १५ सय ८४ दशमलब ४९ अंकमा झरेर बन्द भएको हो ।
बुधबार बीमा,जलविद्युत तथा सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुुचक उकालो लागेपनि समग्र बजारमा भने नकारात्मक प्रभाव परेको देखिन्छ । सो दिन ती समुहको परिसुचक क्रमशः १९ दशमलव १७,८ दशमलव०३ र १ दशमलव १७ अंकले बढेको छ ।
यता उत्पादन,होटल,अन्य,विकास बैंक र फाइनान्स समुह भने क्रमशः३४ दशमलव ३४,२९,५ दशमलव ७९, ३ र २ दशमलव४४ अंकले ओरालो लागेको छ । बुधबार एभरेष्ट बैंक लिमिटेडको सबैभन्दा बढी ५ करोड २३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै एभरेष्ट इन्स्योरेन्सको ४ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ ।
सो दिन १ सय ४८ कम्पनी कारोबारमा आएका थिए । ती ९ लाख ४८ हजार कित्ता सेयर बाट ५८ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।