Logo

मंगलबार साढे ४ अंकले बढ्यो नेप्से, ४९ करोडको कारोबार

मंगलबार साढे ४ अंकले बढ्यो नेप्से, ४९ करोडको कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलबार नेप्से परिसुचक ४ दशमलब ६३ अंकले उकालो लागेको छ ।सो दिन सेयर बजार १५ सय ८५ दशमलब १५ अंकमा पुगेर बन्द भएको हो । कारोबारमा आएका अधिकांस समुह उकालो लाग्दा समग्र सेयर बजारमा सरकारात्मक प्रभाव देखिएको हो । सो दिन होटल समुहको परिसुचक सबैभन्दा बढी १७ दशमलब ७९ अंकले बढेको छ ।

त्यस्तै बीम समुह १४ दशमलब ६९, जलविद्युत १३ दशमलब ३२, अन्य समुह ८ दशमलब १ र सेयर बजारमा बढीप्रभाव रहेको बैंकि समुहको परिसुचक ३ दशमलव ६३ अंकले बढेको छ ।

त्यस्तै विकास बैंक् र फाइनान्स समुह क्रमशः२ र १ दशमलब ४४ अंकले उकालो लागेको छ । यता उत्पादन समुहको परिसुचक भने ७ दशमलब ६३ अंकले ओरालो लागेको छ ।

मंगलबार एभरेष्ट बैंकको ४ करोड ६८ लाख कित्ता सेयर किनबेच भएको छ । सो दिन १ सय ४३ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ९ लाख कित्ता सेयरबाट ४९ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्