Logo

राजनितिक अस्थिरताले राताम्मै सेयर बजार, १० अंकले घट्दा ४९ करोड ८८ लाखको कारोबार

राजनितिक अस्थिरताले राताम्मै सेयर बजार, १० अंकले घट्दा ४९ करोड ८८ लाखको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राजनितिक अस्थिरतासँगै सेयर बजार पनि रुमलिएको छ । दोस्रो चरणको स्थानिय निर्वाचन हुने नहुने स्पष्ट नभइसक्दा नेप्से परिसुचक ओरालो लागेको हो ।

आइतबार उच्च रुपमा घटेको परिसुचक सोमबार पनि ९ दशमलब ९७ अंकले घटेको छ । सो दिन नेप्से परिसुचक १ हजार ५ सय ८० अंकमा ओर्लिएको छ ।

बजारमा कारोबारमा आएका सबै समुह ओरालो लाग्दा सेयर बजारमा नकारात्मक प्रभाब परेको हो । सबैभन्दा बीमा समुहको परिसुचक ८१अंकले घट्न पुगेको छ ।

यसैगरी होटल २८ दशमलब ९९,जलबिद्युत २३ दशमलब ३८,विकास बैंक १२ दशमलब ९८ र बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ७ दशमलब ४९ अंकले घटेको छ । त्यसैगरी उत्पादन ७ दशमलब ३,फाइनान्स २ दशमलब४ र अन्य समुहको परिसुचक १ दशमलब ७३ अंकले घटेको छ ।

बजारमा कारोबार रकममा पनि गिरावट आएको छ । आज १ सय ३८ कम्पनीको ७ लाख ९८ हजार कित्ता सेयर किनबेच भएकोमा ४९ करोड ८८ लाखको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्