काठमाडौं । बिहीबार नेप्से परिसुचक ७ दशमलब ९४ अंकले घटेको छ । सो दिन सेयर बजार १६ सय १५ दशमलब १९ अंकमा झरेर बन्द भएको हो ।
बिहीबार सेयर बजारमा कारोबारमा आएका सबै समुह ओरालो लाग्दा त्यसको नकारात्मक प्रभाब परेको हो । सो दिन होटल समुहको परिसुचक ४० दशमलब ४६ अंकले घटेको छ ।
त्यस्तै बीमा समुह ३९ दशमलब ८, उत्पादन १७ दशमलब ६३,फाइनान्स ७ दशमलब ७२, बैंकिङ समुह ७ दशमलब ४१, अन्य समुह ६ दशमलब ६५,जलविद्युत ३ दशमलब ५४ र विकास बैंक ० दशमलब ८७ अंकले घटेको छ ।
बिहीबार सेयर बजारमा १ सय ४९ ओटा कम्पनी कारोबारमा आएका थिए । सो दिन ८ लाख कित्ता सेयरबाट ४८ करोड ९७ लाखको कारोबार भएको छ।