Logo

नयाँ सरकार गठनकै दिन १४ अंकले ओरालो लाग्यो नेप्से

नयाँ सरकार गठनकै दिन १४ अंकले ओरालो लाग्यो नेप्से


बिजखबर संवाददाता
27
Shares

काठमाडौं ।  मंगलबार करिब ३४ अंकले बढेको सेयर बजार बुधबार भने १४ दशमलब २४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १६ सय २३ दशमलब १३ अंकमा झरेर बन्द भएको हो ।

बुधबार सेयर बजारका अधिकांश समुहको परिसुचक ओरालो लागेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी १ सय १५ दशमलव ७८ अंकले ओरालो लागेको छ । त्यस्तै होटल समुह ४०दशमलब ३२ र जलविद्युत १९ दशमलब १५, विकास बैंक १८ दशमलव २७ र सेयर बजारमा सबैभन्दा बढी प्रभाब रहेको बैकिङ समुहको परिसुचक १२ दशमलब ८४ अंकले ओरालो लागेको लागेको छ ।

त्यसैगरी अन्य समुहको परिसुचक ० दशमलब २९ अंकले घटेको छ । यता उतपादन समुहको परिसुचक भने ९ दशमलब ६९ अंकले उकालो लागेको छ।

मंगलबार स्ट्याण्र्ड चार्टड बैंकको ९ करोड ४१ लाखको कारोबार भएको हो । मंगलबार १ सय ४९ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १२ लाख ७९ हजार कित्ता सेयरबाट ७६ करोड ४७ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्