काठमाडौं । आइतबार नेप्से परिसुचक १० दशमलब ५० अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १५ सय ९३ दशमलब ८१ अंकमा झरेर बन्द भएको हो ।
आइतबार बीमा समुहको परिसुचक सबैभन्दा बढी ९५ अंकले घटेको छ । त्यस्तै जलविद्युत समुहको परिसुचक ३० दशमलब ६९, होटल १५ दशमलब ५५, उत्पादन १३ दशमलब १ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ९ दशमलब १९ अंकले घटेको छ ।
त्यस्तै विकास बैंकको ७ दशमलव ६९,फाइनान्स समुह १ अंकले ओरालो लागेको छ । यता अन्य समुहको परिसुचक भने ० दशमलव ८६ अंकले उकालो लागेको छ ।
सो दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा बढी ४ करोड बराबरको सेयर कारोबार गरेको छ । आइतबार १ सय ४१ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ९ लाख ५० हजार कित्ता सेयरबाट ५५ करोड ६७ लाखको कारोबार भएको छ ।