Logo

३ दशमलव ८० अंकले ओरालो लाग्यो नेप्से, करिब ६५ करोडको कारोबार

३ दशमलव ८० अंकले ओरालो लाग्यो नेप्से, करिब ६५ करोडको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीबार नेप्से परिसुचक ३ दशमलव ८० अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १६ सय ४ दशमलव ३१ अंकमा झरेर बन्द भएको हो ।

साताको कारोबार हुने अन्तिम दिन आज अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ । सो दिन होटल समुहको परिसुचक सबैभन्दा बढी २५ दशमलव ३२ अंकले घटेको छ ।

त्यस्तै बीमा समुह १० दशमलव ४९, विकास बैंक ९ दशमलव ९५, अन्य ८ दशमलव ९६,फाइनान्स ३ दशमलव ८ र बैंकिङ समुहको परिसुचक १ दशमलव ७५ अंकले ओरालो लागेको छ ।

यता उत्पादन र जलविद्युत समुहको परिसुचक भने क्रमशः १९ दशमलव १६ र ७ अंकले बढेको छ । बिहीबार एसिएन लाइफ इन्स्योरेन्सको ६ करोड २३ लाख प्रमोटर सेयर किनबेच भएको छ । सो दिन १ सय ४७ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ११ लाख ९२ हजार कित्ता सेयरबाट ६४ करोड ९१ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्