Logo

बजेटले ओरालो लागेको बजारमा साढे १३ अंकको बृद्धि, ६७ करोड ९३ लाखको कारोबार

बजेटले ओरालो लागेको बजारमा साढे १३ अंकको बृद्धि, ६७ करोड ९३ लाखको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजेट पछि ओरालो लागेको सेयर बजार बुधबार पुन उकालो लागेको छ । बुधबार नेप्से परिसुचक १३ दशमलव ६८ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १६ सय ८ दशमलव ११ अंकमा पुगेर बन्द भएको हो ।

बुधबार कारोवारमा आएका अधिकांश समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी १ सय २१ दशमलव ४१ अंकले बढेको छ । त्यस्तै विकास बैंक २० दशमलव ९, होटल १९ दशमलव ९८, जलविद्युत १८, बैंकिङ समुह ९ दशमलव ४१, अन्य ८ दशमलव३९ र फाइनान्स समुहको परिसुचक १ दशमलव ३२ अंकले बढेको छ ।यता उत्पादन समुहको परिसुचक भने ४ दशमलव ६१ अंकले घटेको छ ।

बुधबार स्ट्याण्डर्ड चाटर्ड बैंकको ५ करोड ३९ लाख बराबरको सेयर कारोबार भएको थियो । सो दिन १ सय ४४ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ११ लाख ५३ हजार कित्ता सेयरबाट ६७ करोड ९३ लाखको कारोबार भएकोछ ।

प्रतिक्रिया दिनुहोस्